Deacon - Bal Tamang - GRACE DECATUR CHURCH,
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
Bal Tamang - DEACON - GRACE DECATUR CHURCH
SUNDAY WORSHIP - Movember - 9, 2025
Lead - Chunu
Sermon - BAL TAMANG
MT 25:1 - 13
““तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के।”
2तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए। 3किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। 4तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। 5दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
6 “तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो।
7 “तब ती सबै कन्याहरू ब्यूँझे, र आ-आफ्नो बत्ती ठीकठाक पारे। 8निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’
9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्नो लागि किन।’
10 “तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।
11 “पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्!’
12 “तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13 “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।
..................................................................................................................................................................
Mt 7:24 - 27
24 “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। 25अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो। 26जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। 27पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।”
Mt 7:21-23,
““मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।”Td
मत्ती 7:21 NNRV
Bal Tamang
SUNDAY WORSHIP - September - 21, 2025
LEADING - NARBADA
SERMON - BAL TAMANG
Subject - Lost
Lk 15:1-7,
हराएको भेड़ाको दृष्टान्त
1कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए। 2“यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे।
3तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: 4“तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेड़ामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्जेल त्यसको खोजी गर्दैन? 5हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, 6र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, ‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु।’ 7म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ।
............................................................................
Lk 15:8-10
हराएको सिक्काको दृष्टान्त
8 “कुन स्त्री होली जसको दश चाँदीका सिक्कामध्ये एउटा हरायो भने बत्ती बालेर उसले त्यो नपाउञ्जेल घर बढ़ारिकन मेहनतसँग खोज्दिन? 9हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्का पाएकी छु।’ 10म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चात्ताप गर्ने एक जना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ।”
Lk 15-11-32
हराएको छोराको दृष्टान्त
11उहाँले भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए। 12कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए।
13 “धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो। 14त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। 15त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। 16सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो।
17 “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु। 18म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। 19अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।” 20तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो।
“तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
21 “छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’
22 “तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ, 23र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं। 24किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।
25 “त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो। 26त्यसले चाकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो। 27उसले त्यसलाई भन्यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’
28 “तर त्यो रिसायो, र भित्र जान मानेन, र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे। 29तर त्यसले बाबुलाई भन्यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन। 30तर तपाईंको सम्पत्ति वेश्याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो।’
31 “तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो। 32तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”
Bal Tamang
“मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।”
याकूब 1:19 NNRV
““मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।”
यूहन्ना 15:12 NNRV
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन।”
मत्ती 17:20 NNRV
““पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।”
यूहन्ना 15:9 NNRV
Join us on July 7th, 2024, as Deacon Bal Tamang leads worship in a powerful service filled with faith and inspiration. Through his heartfelt connection with God, Bal brings a sense of unity and spiritual growth to our community.
His upcoming sermon on Encouragement is sure to uplift your spirits and strengthen your resolve in facing life's challenges.
His upcoming sermon on Encouragement is sure to uplift your spirits and strengthen your resolve in facing life's challenges.
Experience the Inspiration
Join us on July 7th, 2024, for a worship service led by Deacon Bal Tamang at Grace Decatur Church. Let his message of Encouragement fill your heart with hope.